images
images
  • प्रदेश १ नामकरण: कांग्रेसद्वारा ‘कोशी प्रदेश’मा दिएको समर्थन फिर्ता

    मोरङ- प्रदेश १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले झकोशी प्रदेशञ नामकरणका लागि दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बिहान प्रदेश १ को नाम कोशी राख्न समर्थन दिएको केही घण्टा नबित्दै समर्थन कांग्रेसले समर्थन फिर्ता लिएको हो ।

    उक्त प्रस्तावमा समर्थक बसेका कांग्रेसका प्रदेश सांसद भूमिप्रसाद राजवंशीले समर्थन फिर्ताका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् ।

    कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले कोशी प्रदेश नामकरण प्रस्तावमा एमाले प्रस्तावक र कांग्रेस र माओवादी केन्द्र समर्थक बस्ने सहमति भएको बताए । तर प्रस्ताव दर्ता गराउने बेलामा माओवादी पूर्वसहमति अनुसार समर्थक नबसेकाले कांग्रेस पनि समर्थन फिर्ता लिएको उनको भनाइ छ । उनले समर्थन फिर्ता लिए पनि मतदान कोशी प्रदेशमा नै गर्ने बताए ।

    पहिले ‘कोशी’ नाम राख्न समर्थन गरेको कांग्रेस के कारण पछि हट्यो त्यो भने खुलेको छैन ।

    प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टीले संयुक्त रूपमा झकिरात–लिम्बुवान–सगरमाथा प्रदेशञ नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । यी दुई वटा प्रस्ताव सदनमा पेस हुने भएको हो ।

    ६ वटा प्रदेशले अघिल्लो कार्यालयमै नामकरण गरेपनि प्रदेश १ ले नाम राख्न नसकेकोमा आलोचना खेप्दै आएको छ ।

    प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुई तीहाई सांसदको समर्थन हुनुपर्ने संबैधानिक व्यबस्था छ ।

    प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images