images
images
  • प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका थापाले दिए सर्वोच्चमा रिट


    काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले अन्तरिम आदेशबाट पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्

    राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीबाट निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि बिहीबारको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापा निष्कासनमा परेको जानकारी गराएका थिए । त्यसपछि थापा सांसदबाट पदमुक्त भएका थिए ।

    गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धनलाई समर्थन गर्ने निर्णय गरे पनि थापाले आफूले विपक्षी गठबन्धनलाई साथ नदिने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

    उनले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार पार्टीले कारबाही गरेको भनी सांसद पद कायम राख्न माग गर्दै रिट दिएका हुन् । उक्त रिट शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको छ ।

    आफूलाई असंवैधानिक तरिकाले कारवाही गरेको भन्दै थापाले रिट दर्ता गराएका हुन् । उनको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि आइतबार पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले बताए ।

    थापालाई पार्टी निर्णयविपरीत एमालेलाई साथ दिएको भन्दै पार्टीले कारवाही गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गराएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images