images
images
  • बाजुरा अस्पतालमा ३ वर्षपछि एमडीजीपी डाक्टर

    बाजुरा- जिल्ला अस्पताल बाजुरामा तीन बर्षपछि एमडीजीपी चिकित्सक आएका छन् । ३ वर्षअघि डा.दुर्गा महर्जन सरुवा भएपछि हालै डा. प्रेरित देवकोटा तेह्रथुमबाट सरुवा भएर आएका अस्पताल बाजुराका ब्यबस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले जानकारी दिए ।

    एमडीजीपी चिकित्सक ल्याउन लामो प्रयासपछि देवकोटालाई स्वास्थ्य मन्त्रालयले बाजुरा सरुवा गरेको अस्पतालका अध्यक्ष कार्कीले बताए । देवकोटाले कम्तीमा १ बर्ष बाजुरा बसेर सेवा गर्ने बताएका छन् ।

    अस्पतालमा एमडीजीपी चिकित्सक नहुँदा सामान्य खालका शल्यक्रिया र अप्रेसनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने कार्कीले वताए ।

    पहिला जिल्लामा एमडीजीपी चिकित्सक हुँदा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको लगायतमा स्वास्थ्य समस्याको शल्यक्रिया हुँदै आएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images