काठमाडौ- काठमाडौंको मैतीदेवीस्थित नेपाल प्रहरी बिटमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । मंगलबार दिउँसो महानगरपालिकाले प्रहरी बिटमा डोजर चलाएको हो।
नेपाल प्रहरीसँग समन्वय गरेर बिट भत्काइएको महानगरपालिकाले जनाएको छ।
मङ्गलवार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका थिए । त्यसपछि महानगरपालिकाको डोजरले प्रहरी विट भत्काएको हो ।
मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो । महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको बताए ।
मैतीदेवी चोकमा उक्त बिट हुँदा सवजारी आवागमनमा समेत समस्या भएको थियो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















