images
images
  • टर्कीमा ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गएपछि संकटकाल घोषणा

    काठमाडौं- टर्कीमा शक्तिशाली भूकम्प गएको छ। सोमबार बिहान ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ। शक्तिशाली भूकम्प गएपछि त्यहाँको सरकारले संकटकाल घोषणा गरेको हो ।

    दक्षिणपूर्वी टर्कीको गाजियान्टापमा स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको हो। भूकम्पको १७.९ किलोमिटर गहिराइको रहेको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ।

    बीबीसी टर्की सेवाका संवाददाताबाट प्राप्त जानकारीअनुसार भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधारमा ठूलो क्षति पुगेको छ।

    टर्कीको राजधानी अंकारा र लेबनान, सिरिया, साइप्रसलगायत अन्य सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ। टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले ट्वीटरमा भूकम्प प्रभावित क्षेत्रमा सुरु भएको उद्धार कार्यको जानकारी दिएका छन्।

    उनले लेखेका छन्, ‘काहनेमर्सलगायत देशका अन्य क्षेत्रमा भूकम्पबाट प्रभावित हाम्रा नागरिकहरूप्रति म संवेदना प्रकट गर्दछु। हाम्रा सबै उद्धार टोलीहरू एएफएडीसँगको समन्वयमा सक्रिय रूपमा काम गरिरहेका छन्।’

    भूकम्पबाट भएका जनधन क्षतिबारे विस्तृत विवरण आउन भने बाँकी छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images