images
images
  • नेपालको पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन

    नेपाल- राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ ।

    काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो । जबराका ज्वाईं तथा कांग्रेसका नेता सुनीलबहादुर थापाका अनुसार आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।

    थापाले भने, अहिले हामी अस्पतालमै छौं । आधा घण्टापछि थापाथलीस्थिति घरमा लिएर राख्छौं । घर परिवालर आएपछि आज ११ बजेतिर अन्त्येष्टि गर्ने तयारी छ । जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए ।उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुन् ।

    उनी हिमालयन बैंकका संस्थापकसमेत हुन् । जबराका दुई छोरा र दुई छोरी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images