images
images
  • ‘बारीमा जाऊ भविष्य छैन, खाडीमा जाऊँ उमेर छैन’ भन्दै सडकमा तरकारी फ्याँकेर विरोध

    चितवन- आफूहरुले उत्पादन गरेको तरकारीले बजार नपाएपछि चितवनका किसानहरु चिन्तामा परेका छन् । तरकारी नबिकेको भन्दै उनीहरुले शुक्रबार सडकमा तरकारी फ्याँकेर सरकारको विरोध गरेका हुन् । भारतीय तरकारीका कारण नेपाली तरकारी बजारबाटै विस्थापित भएको उनीहरुको गुनासो छ।

    किसानहरुले विभिन्न प्लेकार्ड र ब्यानरसहित सरकारको विरोध गरेका हुन्। एकजना किसानले बोकेको प्लेकार्डमा लेखिएको थियो, ‘बारीमा जाऊ भविष्य छैन, खाडीमा जाऊँ उमेर छैन ।’ चितवनका किसानहरु शुक्रबार दिउँसो नारायणगढ बजारस्थित पुलचोकमा जम्मा भएर सडकमा तरकारी फ्याकेका हुन् ।

    उनीहरुले सरकारले समयमा मलबीउ नदिएर अन्याय गरिरहेको बताउँदै उत्पादन गरेको तरकारीका लागि समेत बजार उपलब्ध नगराएको बताएका छन् । किसानहरुले बजारमा भारतीय तरकारीले कब्जा जमाउँदा नेपाली तरकारी किसान संकटमा परेको बताएका छन् । नेपाली तरकारी बारीमै कुहिन थालेको बताउँदै उनीहरुले सडकमा पोखेपछि सरकारले पीडा बुझ्ने आशा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images