काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
पुनरावेदन अदालत बुटवलका न्यायाधीश समेत रहेका उनका दाजु मेदिनी पौडेलका अनुसार उनलाई २० दिनअगाडि कोरोना संक्रमणपछि उपचारका लगि स्टार अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा शुक्रबार बिहान निधन भएको पौडेलले बताए । विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत पौडेल ५५ वर्षका थिए ।
प्रतिक्रिया दिनुहोस्