images
images
  • भारतीय बजेटमा नेपाललाई दिने अनुदान घटाएर ५ अर्बमात्र, भुटानलाई २४ अर्ब

    काठमाडौं- भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३-२४ को नयाँ बजेटमा नेपाललाई ५ अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात आठ अर्ब ८० करोड नेपाली रुपैयाँसहयोग गर्ने घोषणा गरेकी छिन् ।

    बुधबार संसद भवनमा बजेट पेश गर्दै वित्त मन्त्री सीतारमणले २ अर्ब भारतीय रुपैयाँ घटाएर पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी हुन् । गत वर्ष नेपाललाई ७ अर्ब ५० करोड भारु अर्थात १२ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने बजेटमा समेटिएको थियो ।

    सन् २०२१–२२ को बजेटमा भारतले नेपाललाई नौ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) अनुदान छुट्याएको थियो।

    वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३-२४ को नयाँ बजेटमा भुटानलाई २४ अर्ब रुपैयाँ सहयोग गर्ने उल्लेख गरेकी छन् ।

    कुनलाई कति?
    छिमेकीलाई दिने अनुदानमा यो वर्ष भारतले हेरफेर गरेको छ।

    मौरिसस : ४ अर्ब ६० करोड ७९ लाख भारु
    म्यानमार : ४ अर्ब (भारु)
    अफगानिस्तान : २ अर्ब भारु
    बंगलादेश : २ अर्ब भारु
    भुटान : २४ अर्ब ५८ लाख (ऋण र अनुदान)
    श्रीलंका : १ अर्ब ५० करोड
    माल्दिभ्स : ४ अर्ब भारु
    मंगोलिया : ७ करोड भारु

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images