बाजुरा- बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण एक जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा आएको भुकम्पमा परी गौमुल गाउँपालिका वडा न. २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दिउँसो भुकम्प गएको बेला जंगलमा घास काटीरहेको बेला माथीबाट ढुगां खस्दा उनको मृत्यु भएको स्थानियले बताएको प्रहरीको भनाइ रहेको छ । घटना भएको भनिएको ठाउमा प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सुर्य थापाले बताएका छन ।
गौमुल पालिका १ अम्लिसमा भूकम्पकै कारण माथिबाट पहिरो खस्दा भेडा चराउन गएका रामदल बोहरो भएका छन् ।
यसैगरी गौमुल वडा नम्बर १ मा पहिरो जाँदा ४० देखि ५० भेडा पुरिएको स्थानिय सुवास रोकायाले बताएका छन । उनको नजकिको स्वास्थ्य संस्थामा उपचार भईरहेको रोकायाले जानकारी दिएका छन ।
भुकम्पको धक्काले सोही गाउँपालिका सबैजसो वडामा क्षति पुगेको पालिका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिएका छन । घर भत्किँदा केही घाइते समेत भएको उनले बताए।
उनले भने, ‘आजको भूकम्बाट गौमुल गाउँपालिकाका सबैजसो वडामा घरहरु भत्किएका छन्। केही मान्छेहरु सख्त घाइते भएका छन्।’
यस्तै, हिमाली गाउँपालिकाको वडा नँ ६ मा सातवटा घरहरु र शैलेश्वरी माद्यमिक विद्यालयको भवन भत्किएको छ गाउँपालिकाका अध्यक्ष श्री गोविन्द बहादुर मल्लले जानकारी दिएका छन् ।
बडीमालिका नगरपालिकाका वडा नँ २ को सत्यवादी माद्यमिक विद्यालय भौनेराको २ कोठे भवन भत्किनुका साथै वडा न ७ चुथीमा ५ वटा घरहरु र वडा न ८ मार्तडीमा १ घर भत्किएको छ नगर प्रमुख श्री अमर बहादुर खड्काले जानकारी सदएका छन् ।
खप्तड छेडेदह गाउँपालिकाको वडा न ४ मा २ वटा घरहरु पुर्ण रुपमा क्षति भएका र ५ वटा घरहरु आंशिक रुपमा क्षति भएका अध्यक्ष श्री दिल बहादुर रावतले जानकारी दिएका छन्





















