images
images
  • सुदूरपश्चिम प्रदेश सभामुखमा माओवादीका भण्डारी निर्वाचित

    धनगढी- सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित भएका छन् । माओवादी केन्द्रका भण्डारी मंगलबार बिहान भएको मतदानबाट सभामुखमा निर्वाचित भएका हुन् ।

    उनी बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् । मंगलबार सभामुख चयनका लागि प्रदेश सभामा  बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्नेमा भण्डारी २९ मत पाउँदै निर्वाचित भएको ज्येष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले घोषणा गरेका हुन् ।

    कुल ५३ जना प्रदेशसभा सदस्य रहेकोमा मंगलबार भएको मतदानमा ५२ मत खसेको थियो । उनको विपक्षमा भने २३ मत परेको थियो ।

    भण्डारीलाई माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक सांसदले मत दिएका थिए । प्रदेश सभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसका मानबहादुर रावलले २३ मत मात्रै पाएका थिए ।

    रावललाई कांग्रेसका १९ र एकीकृत समाजवादी पार्टीका चार प्रदेश सभा सदस्यले मत दिएका थिए । यसअघि रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २० र विपक्षमा २८ मत परेको थियो ।

    प्रदेश सभाको अर्को बैठक बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images