काठमाडौं- पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनामा एकजना एकजना चर्चित पत्रकार पनि रहेको खुलेको छ।
दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल रहेका छन् । उनी माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरका नेता हुन् । दुई दशकदेखि पत्रकारीतामा संलग्न रहेका पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका छन् भने पत्रकार महासंघ गण्डकी प्रदेशका पूर्वअध्यक्षसमेत हुन् ।
पौडलले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी पोखरा फर्कदै थिए । दुर्घटनामा परेकाहरुको सूचीमा पौडेलकै नाम थर भएका व्यक्तिसमेत रहेको खुलेपछि अहिले उनलाई सम्पर्क गर्ने प्रयास भइरहेको छ । तर उनीसँग सम्पर्क हुन सकिरहेको छैन ।
पोखराका पत्रकारहरुले उनको स्थिती पत्ता लगाउने प्रयास गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















