images
images
  • बडिमालिकाको १२ औँ हिउँदे अधिबेशन तथा दोस्रो नगर सभा सम्पन्न

    ९ ओटा कार्यबिधी पास

    बाजुरा- बडिमालिलका नगरपालिकाको १२ औँ हिउदे अधिबेशन तथा दोस्रो नगर सभा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।  नगर प्रमुख अमर खड्काको अध्यक्षतामा संचालन भएको नगर सभाले ९ ओटा कार्यबिधी र हाल सम्मका कार्यहरुको पास गरेको छ ।

    नगर सभाले विभिन्न निर्णय गर्दै हाल सम्मका कार्यहरुको प्रगति विवरण प्रस्तुत गरिएको नगर उप-प्रमुख नन्दा थापाले बताएकी छन् ।

    नगर अधिवेशनमा एक्बुलेन्स संचालन कार्यविधी २०७९, आपतकालिन कार्य संचालन कार्यविधी२०७९, भु-उपयोग कार्यविधी, एकल पुरुष, एकल महिला तथा ग बर्गका अपाङ्गहरुलाई भत्ता बितरण सम्बन्धी कार्यविधी नगर सभाले पास गरेको उप-प्रमुख थापाले बताइन् ।

    त्यसै गरी सुचना तथा संचार प्रबिधी प्रयोग सम्बन्धी कार्यबिधी, होमस्टे संचालन कार्यबिधी, अन्तर स्थानिय तह समन्वय समिति कार्यबिधी, नगर स्थरिय खेलकुद बिकास तथा ब्यबस्थापन कार्यबिधी २०७९ लाई समेत कार्यन्वयनका लागि नगरसभा बाट पास गरेको थापाले बताइन् ।

    नगरको नीति तथा कार्यक्रम उप प्रमुख नन्दा थापाले प्रस्तुत गरेकी थिइन् ।

    हालसम्म नगरले गरेको प्रगती विवरण सार्वजनिक गरिनुका साथै नगरपालिकाको कार्यपालीका बैठकले पारित गरेका विभिन्न कार्यविधिको बारेमा जानकारी सहीत सार्वजनिक गरिएको थियो ।

    यस अघि बनेका केही कार्यबिधीका शिर्षक संशोधन पारित गर्नुका साथै ९ वटा कार्यबिधी अनुमोदन गरेको छन ।

    badimalika nagra sava 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images