२९ जेष्ठ २०७८, शनिबार   |  June 12, 2021
advertisement of bishwo khabr
Tika Gurung

ख्वप अस्पताललाई थप ४४ लाख ७५ हजार सहयोग

b 2

ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि बुधवार थप ४४ लाख ७५ हजार रुपैंया आर्थिक सहयोग जुटेको छ । यससँगै सहयोग रकम ४ करोड ५ लाख ८७ हजार ८९ रुपैंया पुगेको नगरपालिकाले जनाएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालले ब्रम्हायणीमा कोभिड युनिटसँगै आइसोलेसन केन्द्र सञ्चालन गर्दै आइरहेको छ । कोभिडका गम्भिर बिरामीलाई अक्सिजन अभाव भएपछि नगरपालिकाले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट तत्काल स्थापना गर्ने र त्यसका लागि आवश्यक रकम जुटाउन जनस्तरमा सहयोगको अपिल गरेको थियो । सोही अपिल बमोजिम नगरका सहकारी संस्था, विद्यालय, कलेज, विभिन्न संघ संस्था, व्यावसायिक सङ्गठन र नगरबासीहरुले आर्थिक सहयोग प्रदान गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n