पोखरा । गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् । उनलाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा गराएको थियो ।
आज बिहान बसेको जनमोर्चा केन्द्रीय समितिले बैठकले सांसद पदबाट हटाउने निर्णय गरेको थियो। जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेश सभामा जनमोर्चाकी सचेतक पियारी थापाले कारबाही गरिएको पत्र प्रदेश सभा सचिवालयमा बुझाएका थिए। त्यहि पत्र सभामुखले प्रदेश सभामा पढेर सुनाएका हुन्।
थापा बागलुङ १ ‘ख’बाट निर्वाचित भएका थिए। उनले एमाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई सहयोग गरेपछि जनमोर्चाले कारबाही गरेको हो।
गण्डकी प्रदेश सरकारविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि जनमोर्चाले समर्थन जनाएको भएको थियो। तर, थापाले पार्टीको निर्देशन नमानेर मुख्यमन्त्री गुरुङलाई सहयोग गरेका थिए।


विश्व खबर 




















