images
images
  • बागमतीको मुख्यमन्त्रीमा माओवादीका शालिकराम जम्कट्टेल नियुक्त

    काठमाडौं- बागममती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविकानको धारा १६८ उपधारा (२) बामोजिम उनलाई मुख्य मन्त्रीमा नियुक्त गरेका हुन् ।

    कुनै पनि दलको स्पष्ट बहुमत नपुगेपछि उनले विभिन्न दलको सहयोगमा बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको दाबी गरेका थिए ।

    जम्कट्टेललाई एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सहित ७० जनाको समर्थन छ।

    २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा माओवादीबाट विजयी भएर संसदीय दलको नेता बनेका उनी प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामलिा तथा कानून मन्त्री तथा यसअघि कांग्रेसको नेतृत्वमा रहेको पाँचदलीय गठबन्धनको राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा पनि कानूनमन्त्री नै बनेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images