images
images
  • पोखरा विमानस्थल: पोखरेली जनताको ४७ वर्षअघिको सपना पूरा

    पोखरा- अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि सञ्चालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा पुगेर विमानस्थलको उद्घाटन गरेका हुन्। उनले आफू देशको प्रधानमन्त्री भएको एक हप्तामै आफ्नो जन्म जिल्लामा उद्घाटन गर्न पाएकोमा खुसी व्यक्त गरे। योसँगै अब हवाइ यातायातलाई पोखराबाट ठूला केन्द्रमा जोड्न सहयोग पुग्ने बताए।

    आफू पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुँदा चिनियाँ अधिकारीसँग विमानस्थल बनाउन पहल गरेको पनि उनले स्मरण गरे। ‘मैले गण्डकी प्रदेशकै प्रतिनिधि र जन्म जिल्लामा उद्घाटन गर्न पाएको छु’, प्रधानमन्त्री दाहालले भने, ‘सामाजिक न्याय, सुशासन र विकासमा नै आफ्नो ध्यान दिने बताए।’ प्रधानमन्त्री दाहालले करिब ५ दशकअघि पोखरा विमानस्थल बनाउन पहल गर्ने शंकरराज पाठक आफ्ना गुरु भएको बताए। 

    Parch

     

    यस्तै, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पोखराका जनताको सपना पूरा भएको बताए। पोखरा विमानस्थल उद्घाटन समारोहमा बोल्दै पोखरामा पर्यटक बढाउन सहयोग पुग्ने बताए। पौडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको बताउँदै अब नियमित सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए। उनले पोखरामा पर्यटक ल्याउन विमानस्थल पूर्णरूपमा सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो। उनले नागरिक उड्डयन प्राधिकरणलाई आवश्यक पर्ने सहयोग अर्थ मन्त्रालयले गर्ने बताए।

    पौडेलले नयाँ सरकारले राजनीतिक स्थायित्व प्रदान गर्दै आर्थिक विकास मुख्य लक्ष्य रहेको बताए। उनले अहिले अर्थतन्त्रमा केही समस्या रहेको बताउँदै त्यसलाई समाधान गर्न सकिने बताए।

    RK POKHARA 17 RSS4

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले केही प्राविधिक कारणले अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताए। उनले छिट्टै पोखराबाट अन्तर्राष्ट्रिय उडान हुने बताए।

    उद्घाटन समारोहमा पूर्वउड्डयनमन्त्रीहरूलाई सम्मान गरिएको छ। त्यस्तै विमानस्थल निर्माणमा सहयोग पुर्याउने इन्जिनियर, कर्मचारीलाई प्रधानमन्त्रीबाट सम्मान गरिएको छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले पोखराबाट २४ सै घण्टा उडान गर्न सकिने बताए। उनले पूर्वमन्त्री रवीन्द्र अधिकारीको सपना पूरा भएको बताए। नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले पोखरा विमानस्थलले दुई देशको आवतजावतलाई सहज पुर्याउने बताए।

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेलले विमानस्थल सञ्चालनमा आउँदा एउटा सपना पूरा भएको बताए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्रै नभई अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने बताए। उनले पोखराबाट भारतका विभिन्न गन्तव्य, एसियाका देशमा सिधा उडान गर्नुपर्ने बताए।

    उनले पोखरालाई पर्यटन राधजानी औपचारिक घोषणा गर्नुपर्ने बताए।

    pokhara 2

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै ४७ वर्षपछि पोखरेली जनताको सपना पूरा भएको बताए । उनले विमानस्थल सञ्चालनमा आएसँगै पोखरालाई पर्यटनको राजधानीका रुपमा विकास गर्नुपर्ने बताए ।

    विमानस्थल सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै उनले विमानस्थल सञ्चालनका समस्याका रुपमा रहेका ल्याण्डफिल साइटको व्यवस्थापन तथा रिठ्ठेपानी डाँडा कटानको काम पूरा गरेको पनि बताए ।

    उनले विमानस्थल सञ्चालनमा आउनका लागि महानगरअन्तर्गत वडा नं १४ का जनताको ठूलो योगदान रहेको बताउए । “वडा नं १४ का जनताले आफ्नो जग्गा अधिग्रहणमार्फत सरकारलाई उपलब्ध गराएकाले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्भव भएको हो”, उनले भने ।

    कार्यक्रममा विमानस्थल निर्माणका परिकल्पनाकार शङ्करराज पाठक र पूर्वपर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीको ठूलो योगदान रहेको भन्दै धन्यवाद व्यक्त गरे।

    चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा पोखरा विमानस्थल निर्माण भएको हो। करिब २२ अर्ब रूपैयाँमा विमानस्थल तयार भएको हो।

    RK POKHARA 17 RSS5

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images