बाजुरा-निता राउत फाउण्डेशनले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । फाउण्डेशनले बाजुराको गौमुल गाउँपालिका १ मा रहेको श्री प्रभात आधारभुत विद्यालयका ५० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
फाउण्डेशनकी अध्यक्ष निता राउतको सहयोगमा गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले विद्यार्थीहरुलाई सोमबार आयोजित एक कार्यक्रमकाबीच ती न्यानो कपडा वितरण गरेका हुन् । निता राउत फाउण्डेशनले बाजुराको विकट गौमुल गाउपालिकाको वडा नं १ मा रहेको श्री प्रभात आधारभुत विद्यालयको ५० जना विद्यार्थीहरुको लागि न्यानो पोशाक (ज्याकेट , टोपि र मोजा) वितरण गरिएको छ ।
न्यानो कपडा बितरण गर्दै गौमुल गाउँपालिका अध्यक्ष रोकायाले सहयोगका लागी निता राउत फाउण्डेशन र निता राउत विशेष धन्यवाद ज्ञापन गरेका थिए । निता राउत फाउण्डेशनले भुकम्पछि समाजिक सेवामा क्रियाशिल छ ।






















