images
images
  • टुँडिखेलमा तमु ल्होसार रौनक (फोटो फिचर)

    काठमाडौं- गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन् ।

    काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाइरहेका छन् । टुंडिखेलमा भेला हुनुअघि सहरका विभिन्न स्थानबाट झाँकी, र्‍याली निकालिएको थियो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि टुँडिखेल पुगेर तमु ल्होसार पर्वका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।

    सरकारले तमु ल्होसार पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायत राजनीतिक दलका शीर्षनेताले शुभकामना दिएका छन् ।

    1

    2

    3

    4

    5

    7 2

    9

    10

    11 1

    13

    14

    15

    16

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images