images
images
  • कम्बोडियाको होटलमा आगलागी: परिवारलाई भिडियो सन्देश पठाए, १२ तलाबाट हामफाले

    काठमाडौं- कम्बोडियाको पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल तथा क्यासिनो कम्प्लेक्समा गत वुधबार भीषण आगलागी भयो । उक्त आगलागीमा २४ जनाको मृत्यु भएको तथा दर्जनौं अझै हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    सीएनएनमा आज प्रकाशित समाचारअनुसार अधिकारीहरुले अहिले मृत्यु भएका व्यक्तिहरुको राष्ट्रियता पत्ता लगाउने काम थालेका छन् । आगलागीको कारण अहिलेसम्म खुलेको छैन । कम्बोडियन सरकारले अनुसन्धानका लागि एउटा कमिटी गठन गरेको छ । कम्तिमा ७० जना आगलागीमा परेर घाइते भएको जनाइएको छ ।

    कम्बोडियन अधिकारीहरुले शुक्रबार होटलका कोठाहरुमा थप शवहरु भेट्टाएका थिए । यसअघि होटलभित्र सबैतिर धूवाँ फैलिएर उद्दारमा कठिनाइ भएकोमा अहिले धूवाँ हटेको छ । धूवाँभित्र निस्सासिएर केही व्यक्तिको मृत्यु भएको अनुमान छ ।

    थाइल्यान्डबाट आएका उद्दारकर्ताहरुका अनुसार केही व्यक्तिहरुले आगलागीपछि होटलबाट तल हाम्फालेका थिए । ‘दुई व्यक्तिहरुले होटलबाट हाम्फालेलगत्तै मृत्यु भयो । चार-पाँच जनाको खुट्टा भाँच्चिएको छ,’ उद्दारकर्ता पिरापन श्रीसाकोर्नले सीएनएनलाई बताएका छन् ।

    होटलका कोठाहरु तथा भर्याङमा विद्युतीय प्रणाली जडान भएको थियो । आगलागी लगत्तै विद्युत अवरुद्ध भएपछि होटलभित्र रहेका मानिसहरु बाहिर निस्किन र तल ओर्लन सकेनन् । कोठाभित्रै थुनिएकाहरुलाई उद्दार गर्न पनि सम्भव भएन ।

    होटलबाट कम्तिमा ७०० जना थाइ नागरिकहरुको उद्दार गरेर थाइल्यान्डको अस्पतालमा पुर्याइएको थियो । घटनास्थलमा ३०० पुलिस अफिसर, ११ दमकल तथा केही संख्यामा हेलिकोप्टर पनि परिचालन गरिएका थिए ।

    अरायाफ्राथेट रेस्क्यू फाउन्डेसनका पिरापनले भवनको तल्लो तल्लामा रहेको रेस्टुरेन्टबाट आगलागी सुरु भएको आशंका व्यक्त गरे । मौसमको अवस्थाले गर्दा पनि आगो फैलिन मद्दत गरेको उनको भनाइ छ ।

    ‘त्यस राति निकै हावा चलेको थियो,’ उनले भने, ‘सल्किएको आगो केही बेरमै माथिल्लो तल्लामा पुग्यो र सबैतिर फैलियो ।’ ‘केही मानिसहरु क्रेनले उद्दार गर्नसक्छ भन्ने सोचेर छततिर दौडिए । तर, त्यस्तो क्रेन उपलब्ध भएन,’ उनले भने ।‘

    1आगलागी भएको होटल, जहाँ नेपालीसहित १९ जनाले ज्यान गुमाए। तस्बिर : एपी

    हाम्फाल्दा एक नेपालीको मृत्यु
    आगलागीमा ज्यान गुमाउनेहरुमध्ये एक जना नेपाली नागरिक थिए निराकार पाण्डे । झापा घर भएका ४० वर्षीय पाण्डेले क्यासिनोको १२ औं तल्लाबाट हाम्फालेको समाचार प्रकाशित छ ।  हाम्फाल्नुअघि निराकारले आफ्ना नाबालक छोरासँग गरेको भीडिओ कुराकानी पनि समावेश गरिएको छ, जसलाई थुप्रैले सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।

    निराकारले ९ वर्षिय छोरालाई सम्झाइबुझाइ गरिरहेका बेला उनी बसेकै स्थानमा धुवाँ फैलिसकेको भिडियोमा देखिन्छ । उनले निकै संयमित भएर छोरासँग संवाद गरेका छन ।

    ‘मैले जेजति दुःख गरेँ, हुन्छ कि भनेर कोसिस गरेँ छोरा । मैले सकिनँ । तिमीसँग बिताएका पलहरू सधैं यादगार रहनेछन्,’ उनले आफ्नो छोरासँग भनेका छन् ।

    भवनमा आगलागी भएपछि पाण्डेले आफ्नो बुवा, आमा, श्रीमती, छोरा, दाइ र भाइहरुसँग पनि कुराकानी गरेको समाचारमा उल्लेख छ ।

    cambodia fire nirakar AHAXfyPMjY 1पोइपेतस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनो एन्ड होटलमा आगलागीपछि झ्यालमा बसेर परिवारसँग कुरा गर्दै पाण्डे।

    आगलागीकै समयमा लामो भिडियो कुराकानी:
    निराकारका बुबा अग्नि प्रसाद पाण्डेले आगलागी भएकै समयमा छोराले लामो कुराकानी गरेको बताए। ‘छोरासँग नियमित सम्पर्कमै थियौँ’, पाण्डेले भने, ‘आगलागी हुँदा नै कुरा भएको हो।’

    परिवारसँग लामो कुरा गरेपछि उनले होटलबाट हाम फालेका थिए। उनका बुबा अग्निका अनुसार शव नेपाल ल्याउने प्रयासमा परिवार लागेको छ।

    ‘छोराको मृतशरीर ल्याउने प्रयासमा लागेका छौँ’, बुबा पाण्डेले भने, ‘तर सरकारी विदैविदा हुँदा मन्त्रालयमा कुरा गर्न अप्ठ्यारो भइरहेको छ।’

    शुक्रबार नेपालमा तमु ल्होसारको अवसरमा सार्वजनिक विदा छ। शनिबार नियमित सरकारी विदा पर्छ भने आइतबार कम्बोडियामा नयाँ वर्ष भएकाले विदा हुन्छ।

    यसकारण शव नेपाल ल्याउने प्रक्रिया सुरु हुन नै अब कम्तीमा तीन दिनपछि मात्र हुने देखिएको छ।

    लगातार सार्वजनिक विदा हुँदा शोकमा डुबेको परिवारमा थप छटपटी बढेको छ।

    रोयटर्सका अनुसार उक्त घटनामा कम्तीमा पनि २७ जनाको मृत्यु भएको छ। हालसम्म ८ जनाको शव उद्धारकर्ताहरुले निकाले पनि अझै धेरै जना हराइरहेका छन्। आगलागी बढेपछि धेरै मानिसहरुले हाम फालेका थिए।

    घटनामा सयभन्दा धेरै मानिस घाइते भएका छन्। तीमध्ये ५० भन्दा बढीको अस्पतालमा उपचार भइरहेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images