धनुषा – धनुषा निर्वाचन क्षेत्र नं (२) मा नेकपा (एमाले) का हरिनारायण महतो विजयी भएका छन् । नेकपा (समाजवादी) का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी भएका छन् ।
विसं २०६४ देखिका सबै निर्वाचन जित्दै आएका सत्रुधन यसपटक भने पराजित भएका छन् ।
हरिनारायणले १७ हजार तीन सय दुई मत प्राप्त गर्दा शत्रुधनले १५ हजार नौ सय छ मत प्राप्त गरे ।मतगणनाको सुरु देखि नै अग्रता बनाएका हरिनारायण एक हजार ३४२ मतान्तरले विजयी भएको हुन् ।
प्रतिक्रिया दिनुहोस्






















