images
images
  • काठमाडौं-५ मा २५३८ मतान्तरले प्रदीप पौडेल अगाडि

    काठमाडौं – काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले एमाले उम्मेदवार ईश्वर पोखरेलसँगको मतान्तर २५३८ पुर्‍याएका छन् ।

    मंगलबार दिउँसोसम्म २४ हजार ९०० मत गणना हुँदा पौडेलले ८ हजार २२० मत पाएका छन् भने एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले ५ हजार ६८२ मत पाएका छन् ।

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रणयशमशेर राणाले दुई हजार ९४५ र राप्रपाका रामप्रसाद उप्रेतीले एक हजार ७६० मत पाएका छन् । स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले २७१ मत पाएकी छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images