images
images
  • ललितपुर-२ मा एमालेको अग्रता कायमै

    काठमाडौं –  ललितपुर क्षेत्र नं. २ को जारी मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् ।

    दिउँसो १२:३० बजे मतगणना अनुसार नेकपा एमालेका प्रेमबहादुर महर्जनले ५ हजार ७७८ मतसहित अग्रता बढाइरहेका छन् ।
    उनलाई पछ्याइरहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ४ हजार ६०० मत प्राप्त गरेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापा ३ हजार ४३४ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी बुद्धरत्न महर्जन ३ हजार २६२ सहित चौथो स्थानमा रहेका छन् ।

    सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजावदीका कृष्णलाल महर्जनले २ हजार ८२८ मतसहित पाँचौं स्थानमा खुम्चिएका छन् ।
    अहिलेसम्म २१ हजार ७५ मत गणना भएको छ ।

    ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा जारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images