बाजुरा-बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्र पार्टी परित्याग गनेको लर्को लागेको छ । आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसंगै एमालेका उम्मेदवारहरुले चुनावी घरदैलो अभियान कार्यक्रमलाई तिव्रता दिदै आएका छन् । घरदैलो अभियानकै क्रममा एमालेका उम्मेदवारहरु विभिन्न पालिकाका जनतासग भेटघाट गरिरहेका छन् ।
आज स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ र २ मा गरिएको चुनावी घरदैलो कार्यक्रममा नेपाली काँग्रेस र नेकपा माओवादी पार्टी परित्याग गरेर २९ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्नेमा नेपाली काँग्रेसबाट जोख्या विक, जैबाने बिक, धन्या बिक, बिरभाने बिक, जैधन बिक, नानि बिक, देबराज बिक, ललित जङ बिक, रामकला बिक, निमेस बिक, ट्क्क बिक, गम्या बिक, बिरही बिक र मदन बिक रहेका छन्।
त्यस्तै माओवादी केन्द्रबाट बिस्या बिक, ग्रभ्या बिक, धने बिक, सुर बिक, कृम बिक, उज्जली बिक, सुरेन्द्र बिक, छेमा बिक, पुस्या बिक, दिर्ग बिक, नन्द बिक ,महन भुझ बिक, प्रजन बिक, झुपुरा बिक र नानि बिक रहेका छन् ।
माओवादी केन्द्र र नेपाली काँग्रेस पार्टी परित्याग गर्नेहरु सवैलाई नेकपा एमाले केन्दिय सदस्य तथा प्रतिनिधि सभा समानुपातिक तर्फका उम्मेदवार दयाल बहादुर शाही, एमाले जिल्ला कमिटी सदस्य युबराज शाही, मेगराज शाही,लगायतले फुलमाला अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
सो पालिका नेकपा एकिकृत समाजवादीका तर्फबाट प्रदेश १ (क) का उम्मेदवार नरेश शाही र नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्यका समानुपातिक उम्मेदवारको गृह पालिका हो । स्वामीकार्तिक खापर गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्रबाट २९ जनाले एमालेमा प्रवेश गरेपछि सत्ता गठबन्धनलाई धक्का लागेको छ ।





















