images
images
  • बाजुराको जगन्नाथ गाउँपालिका एमालेमय बन्दै

    बाजुुरा-बाजुराको जगन्नाथ गाउँपालिका एमालेमय बन्दै गएको छ । आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसंगै जगन्नाथ गाउँपालिकामा विभिन्न पार्टी छाडेर एमालेमा प्रवेश गर्नेको दिनप्रतिदिन लहर बढ्दै गएको देखिन्छ ।

    May be an image of 3 people, people standing and outdoors

    नेकपा एमालेका उम्मेदवारहरुले चुनावी घरदैलो अभियान गर्ने क्रममा जगन्नाथका विभिन्न वडाबाट एमालेमा प्रवेश गर्नेहरुको लर्को लाग्ने गरेको छ । आजमात्रै जगन्नाथ गाउँपालिका वडा नं. ६ को माथिल्लो काप्रिमा गरिएको चुनावी घरदैलो कार्यक्रममा नेपाली कांग्रेस र माओवादी केन्द्र पार्टी परित्याग गरेर २९ घरपरिवारले एमालेमा प्रवेश गरेका छन् ।

    May be an image of 3 people, people standing and outdoors

    पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेस बाट खिमा रावल, बिर्ख रावल, छिता रावल, खम्विरा रावल, मनलाल रावल, नरदिप रावल, नन्दे रावल, माने रावल काँग्रेस वडा कार्यसमिति सह-सचिव जिले सार्की, ददि सार्की, रति सार्की, नमराज सार्की, जना सार्की, गोहोडि सार्की, बिरेन्द्र सार्की, नरविरे सार्की, बिमला सार्की, अमृता सार्की, मिम सार्की, चैना साकी, पुर्वा सार्की रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट कल सार्की, नन्दु सार्की, सर्प सार्की, देउराम सार्की, पुने सार्की, सुकि सार्की, लोकेन्द्र सार्की र रति सार्की लगायत २९ घरपरिवारले एमालेमा प्रवेश गरेका हुन् ।

    नेपाली काँग्रेस र माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका उनिहरु सवैलाइ नेकपा एमाले बाजुराका अध्यक्ष कालीबहादुर शाहीले पार्टीमा फुलमाला र अविर लगाएर स्वागत गरेका थिए ।

    May be an image of 4 people, people standing and outdoors

    जगन्नाथ नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष कालीबहादुर शाहीको गृह पालिका हो । शाही २०७४ र २०७९ मा भएको स्थानीय तह निर्वाचनमा एमालेबाट २ पटक जगन्नाथ गाउँपालिकाको अध्यक्षमा विजयी भएपछि एमालेमा प्रवेश गर्नेको स‌ख्या बढ्दै गएको पाइन्छ।

    नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) का उम्मेदवार समेत रहेका कणर्बहादुर विकको गृह पालिकाबाट माओवादी र नेपाली काँग्रेस परित्याग गरी दिनप्रतिदिन एमालेमा प्रवेश गर्नेको लहर बढेपछि गठबन्धनका उम्मेदवारहरुलाई धक्का लाग्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images