images
images
  • बाजुराको बडीमालिका १ मा काँग्रेस-माओवादी छाडेर २० जना एमालेमा प्रवेश

    बाजुरा-बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्र र नेपाली काँग्रेस परित्याग गरेर ५ परिवारका २० जनाले एमालेमा प्रवेश गरेका छन् ।
    मंगलबार नेकपा एमालेका प्रतिनिधि सभा सदस्य कणर्बहादुर थापा र प्रदेश सभा (ख) उम्मेदवार लालबहादुर थापाको टोलीले बडीमालिका १ को पिनालेखमा आयोजना गरेको चुनावी सभामा उक्त वडाका ५ परिवारका २० परिवारले काँग्रेस र माओवादी पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् ।

    एमालेमा प्रवेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रबाट बडीमालिका नगर कमिटी उपाध्यक्ष गिरी चंदारा लगायत शुसिला चंदारा, दिनेश चंदारा, शान्ति चंदारा, राजमति चंदारा, रिमा चंदारा, कलु चंदारा, कमल चंदारा, वडा कमिटी सदस्य गणेस चंदारा, हिरा चंदारा र २०४८ सालदेखि नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता गोपाल थापा, कृष्णराज पण्डितले एमालेमा प्रवेश गरेको पिनालेखबाट भानुभक्त जैशीले बताएका छन् ।

    May be an image of 7 people and people standing

    एमालेमा प्रवेश गरेका उनीहरु सवैलाई एमालेका प्रतिनिधि सभा सदस्य कणर्बहादुर थापा, प्रदेश सभा (ख) उम्मेदवार लालबहादुर थापा, प्रदेश सभा समानुपातिक उम्मेदवार काँशी विक, प्रदेश कमिटी सदस्य लालबहादुर ओलीले फुलमाला र अविर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

    काँग्रेस र माओवादी पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका उनीहरु सवैले देश र जनताको पार्टी नै एमाले भएको र बाजुराको विकास समेत एमालेका उम्मेदवारहरुले गर्न सक्ने देखेर पार्टी प्रवेश हुन् बाध्य भएको बताएका छन् ।

    May be an image of 5 people and people standing

    आज पिनालेखमा गरिएको चुनावी घरदैलो अभियानमा प्रतिनिधि सभाका उम्मेदवार कणर्बहादुर थापा, प्रदेश सभा (ख) उम्मेदवार लालबहादुर थापा, प्रदेश सभा समानुपातिक उम्मेदवार काँशी विक, प्रदेश कमिटी सदस्य लालबहादुर ओली, बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का, उपप्रमुख नन्दा थापा, जिल्ला कमिटी सदस्य जंग विक, वडा संगठन कमिटीका अध्यक्ष डवल दानी लगायत एमालेमा आवद्ध नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images