बाजुरा–बाजुराको बुढीनन्दा नगरपालिका ३ का २५ परिवारले नेपाली काँग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । शनिबार नेकपा एमालेका प्रदेश सभा (क) निर्वाचन क्षेत्रका उम्मेदवार बल्देव रेग्मीको टोलीले गरेको बुढीनन्दा नगरपालिका ३ को बड्डालामा गरेको चुनावी ुसभामा २५ परिवारले काँग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् ।
एमालेमा प्रवेश गर्नेहरुमा जित लवार, चन्द लवार, चन्दलाल लवार, विर्मा लवार, नौराज लवार, कृष्ण चंदारा, विस्ना चंदारा, भक्त्या चंदारा, चिन्या चंदारा, बैशाखी चंदारा, हर्क लवार, धनि लवार, मान लवार, निर्मला लवार, राजबहादुर लवार, गौरी बोहरा, बालिका क्षेत्री, मानरुप चंदारा,फिरु बोहरा, र रने चंदारा लगायत रहेका छन् ।
काँग्रेस पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका उनीहरु सवैले देश र जनताको पार्टी नै एमाले भएकोले काँग्रेस परित्याग गर्न बाध्य भएको बताएका छन् । एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य गगन बोहराको प्रमुख आथित्यतामा आयोजना गरिएको उक्त गरिएको थियो । कार्यक्रमा एमालेका नेता रामबहादुर बोहरा, जातीय उत्पिडित मुक्ती समाज बाजुराका अध्यक्ष शंकर चंदारा लगायत अथिति रहेका थिए । कार्यक्रममा २ सय बढी एमालेका कार्यक्रर्ता सहभागि भएका थिए।






















