images
images
  • बाजुराको बडीमालिका ७ मा काँग्रेस-माओवादी छाडेर ५ परिवार एमालेमा प्रवेश

    बाजुरा-बाजुराको बडीमालिका नगरपालिका ७ मा नेकपा एमालेको चुनावी सभा सम्पन्न भएको छ । नेकपा एमाले ७ नम्बर वडा संगठन कमिटीको आयोजनामा उक्त सभा चुथिमा सम्पन्न भएको हो ।

    No description available.
    आसन्न मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै वडा संगठन कमिटीले शुक्रबार आयोजना गरेको उक्त सभामा नेपाली काँग्रेस र माओवादी केन्द्र छाडेर ५ परिवारले एमालेमा प्रवेश गरेका छन् ।

    No description available.
    पार्टी परित्याग गरि एमाले प्रबेस हुनेमा काँग्रेसका सक्रिय कार्यकर्ता महादेव जोशी, हिरा दमाई, र नेकपा माओबादीबाट बल बहादुर विक र सौंरे बिक लगायत ५ परिवार रहेका छन् ।

    No description available.
    एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावलको प्रमुख आथित्यतामा वडा भित्रका एमालेमा आस्थावान नेता कार्यकर्ताहरुको सहभागितामा आयोजना गरिएको कार्यक्रममा बिशिष्ठ अतिथि नन्दराज पण्डित, काँशी बिक, अमर खड्का, बुद्धि बोगटी, काल्चे दमाई, लक्षि बिक, जंग बिक रहेका थिए त्यस्तै कल्पना महत, नन्दा थापा, सीता बराल, तुल्सी नाथ, धर्मराज पाध्याय, चन्द थापा लगायत रहेका थिए ।

    No description available.

    नेकपा एमाले ७ नम्वर वडा संगठन कमिटीका कार्यवाहक अध्यक्ष मान बहादुर बिकको अध्यक्षतामा गरिएको चुनावी सभालाई एमालेका युवा नेता अर्जुन जोशीले संचालन गरेका थिए भने चुनावी सभामा स्वागत मन्तत्वय नगर कमिटि अध्यक्ष धर्मराज पाध्यायले गरेका थिए ।कार्यक्रममा वडा भित्रका २ सय बढी नेता कार्यक्रर्ताहरुको सहभागिता रहेको थियो ।

    No description available.

    प्रतिक्रिया दिनुहोस्
    images
    images