बाजुरा–बाजुराको बडीमालिका नगरपालिकामा काँग्रेस र माओवादी केन्द्र परित्याग गरेर २० परिवार एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका प्रदेश निर्वाचन क्षेत्र (ख) का उम्मेदवार लालबहादुर थापाको टोलीले बडीमालिका नगरपालिका ४ रिलामा गरेको चुनावी घरदैलो कार्यक्रममा नेपाली काँग्रेस ४ नम्मर वडा कार्यसमितिका सचिव भिमबहादुर उखेडा, काँग्रेसकै जंगबहादुर सिंह, धनजित बुढा, रमेश बुढा, काँशी नाथ, विस्ना उखेडा र पूर्व बडीमालिका नगरपालिकाका कार्यपालिका सदस्य काल्चे सनाईले एमालेमा प्रवेश गरेका हुन् ।

त्यसै गरी माओवादी केन्द्र परित्याग गरि विरबहादुर उखेडा, नौले उखेडा, मने लुवार, खिरी उखेडा, विरु उखेडा, सौर्य उखेडाले एमाले प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई एमालेका केन्द्रीय सदस्य तथा बाजुरा प्रदेश सभा २ का उम्मेदवार लाल बहादुर थापाले पार्टीमा स्वागत गरेका हुन् ।
माओवादी र नेपाली काँग्रेस छाडेर एमालेमा प्रवेश गरेका उनीहरुले एमाले नै देशको भविष्य बोकेको पार्टी भएकोले आफुहरुले प्रवेश गरेको बताएका छन् ।






















