images
images
  • खप्तड क्षेडेदहमा वडा सदस्यका उम्मेदवारसहित १० परिवार एमालेमा प्रवेश

    बाजुरा–बाजुराको खप्तड क्षेडेदह गाउँपालिका वडा नम्बर ३ मा वडा सदस्यका उम्मेदवार सहित १० परिवारले एमाले प्रवेश गरेका छन् ।गएको बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट खप्तड क्षेडेदह गाउँपालिका वडा नम्मर ३ को वडा सदस्यमा उम्मेदवारी दिएकी ललिता सुनारले माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेकी हुन् ।

    नेकपा एमालेका प्रतिनिधि सभाका उम्मेदवार कर्णबहादुर थापा नेतृत्वमा गरिएको चुनावी घरदैलो कार्यक्रममा वडा सदस्यकी उम्मेदवार सुनारसहित माओवादी केन्द्र र नेपाली काँग्रेस परित्याग गरेर १० परिवारले एमालेमा प्रवेश गरेका हुन् । एमालेमा प्रवेश गर्नेहरुमा नरबहादुर रावत, प्रदेशी सुनार, मार्सल सुनार, अशोक सुनार, गौमति लवार, रमेश सुनार र किट्टी लवार रहेका छन् ।

    khaptad3

    नवप्रवेशीहरुलाई एमालेका प्रतिनिधि सभाका उम्मेदवार कर्णबहादुर थापाले पार्टीमा स्वागत गरेका हुन् ।नेपाली काँग्रेस बाजुराको आधार इलाकाका रुपमा मानिदै आएको खप्तड क्षेडेदह गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस परित्याग गरि एमालेमा प्रवेश गर्नेको लहर लागेको देखिन्छ ।

    नेपाली काँग्रेसका प्रदेश सभा (ख) का उम्मेदवार समेत रहेका पदमबहादुर शाहीको गृह पालिकाबाट काँग्रेसका कार्यकर्ताहरु धमाधम एमालेमा प्रवेश गर्न थालेपछि नेपाली काँग्रेस बाजुरा ससंकित बनेको छ ।

    No description available.

    २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले जितेको खप्तड क्षेडेदह २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा भने नेकपा एमालेले जित्न सफल भएको थियो ।

    जिल्लाभर चुनावी घरदैलो गरिरहेका नेकपा एमालेका प्रतिनिधि सभाका उम्मेदवार कर्णबहादुर थापा यतिबेला खप्तड क्षेडेदहका गाउँबस्तीका मतदातासंग भेटघाटमा व्यस्त रहेका छन् । उम्मेदवार थापाले बाजुरा जिल्लाभर चुनावी घरदैलो गरिरहँदा एमालेको पक्षमा जनताहरु उत्साहित देखिएकोले यसपटक पनि बाजुरामा जित सुनिश्चित जस्तै भएको दावी गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images