images
images
  • बाजुराको जुवापानीमा काँग्रेस रित्तियो, काँग्रेसका सक्रिय कार्यकर्ता सवै एमालेमा

    बाजुरा–बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ९ को जुवापानी गाउँका काँग्रेस कार्यकर्ताहरु सवै एमालेमा लागेका छन् । एमाले नै देशको मुहार फेर्ने पार्टी भएकाले जुवापानी गाउँका सक्रिय सवै कार्यकर्ताले काँग्रेस छाडेर एमाले प्रवेश गर्नेहरुले बताएका छन् ।

    गाउँमा रहेका करिव २ सय परिवार मध्ये यस अघि नै एमालेका परिवार बढी रहेका थिए । केही काँग्रेसका कार्यकर्ताहरुले यस अघिको स्थानीय तह निर्वाचनमा एमालेमा प्रवेस गरिसकेका थिए भने यस पटक बाजुरामा एमालेका उम्मेदवारलाई विजयी गराउन भन्दै काँग्रेस पार्टीमा रहेका बाँकी सवै काँग्रेस कार्यकर्ताहरुले एमालेमा प्रवेश गरेका छन् ।

    No description available.

    ठकुरीहरुको बाहुल्यता भएको जुवापानी गाउँमा करिव २ सय बढी परिवार बसोबास गर्छन् । उनीहरुमध्ये हिजो मात्रै नेकपा एमालेका प्रतिनिधि सभाका उम्मेदवार कर्णबहादुर थापा चुनावी घरदैलो अभियानका क्रममा गाउँमा पुगेपछि जुवापानी गाउँनै एमालेमय बनेको छ ।

    हिजो जुवापानीमा गरिएको एमालेको चुनावी घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका सक्रिय कार्यकर्ताहरु जनक सिंह, ललित सिंह, रमेश सिंह र उपेन्द्रसिंह लगायत १५ परिवारले एमालेमा प्रवेश गरेका छन ।

    काँग्रेस छाडेर एमालेमा प्रवेश गरेकाहरुलाई प्रतिनिधि सभाका उम्मेदवार कर्णबहादुर थापा, केन्द्रिय सदस्य प्रकाश शाह, प्रदेश कमिटी सचिवालय सदस्य लालबहादुर ओली लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images