बाजुरा–बाजुराको खप्तड क्षेडेदह गाउँपालिकामा एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार कर्णबहादुर थापालाई खप्तडबासी जनताले बाजागाजा सहित भव्य स्वागत गरेका छन् ।
प्रतिनिधि सभाको उम्मेदवार तथा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका थापा खप्तड क्षेडेदह गाउँपालिकामा चुनावी घरदैलो अभियानका क्रममा पुगेपछि गाउँपालिकाबासीले भव्य स्वागत गरेका हुन् ।

नेपाली काँग्रेसबाट प्रदेश सभा ख का उम्मेदवार रहेका पदम बहादुर शाहीको गृह पालिका र काँग्रेसको आधार इलाका समेत रहेको खप्तड क्षेडेदहमा पछिल्लो समय एमालेप्रति जनताको जनलहर बढेको छ ।

बाजुरा जिल्लाको प्रदेश ९क० क्षेत्रमा चुनावी घरदैलो अभियान सम्पन्न गरेर प्रदेश (ख) का पालिकाका जनतासंग भेटघाट गरिरहेका प्रतिनिधि सभाका उम्मेदवार थापाले बाजुरामा एमालेको नेतृत्वमा विकास सम्भव भएकोले एमालेका उम्मेदवारहरुलाई भारी मतका साथ विजयी गर्न बाजुराबासीसंग आग्रह गरिरहेका छन्।

बाजुरामा नेकपा एमालेबाट प्रतिनिधि सभामा कर्णबहादुर थापा, प्रदेश निर्वाचन क्षेत्र १ मा बल्देव रेग्मी र प्रदेश २ निर्वाचन क्षेत्रमा लालबहादुर थापा उम्मेदवार रहेका छन् ।






















