images
images
  • बाजुराकाे मना गाउँ एमालेमय बन्दै, काँग्रेस-माओवादी छाडेर ६१ जना एमाले प्रवेश

    बाजुरा–बाजुराको बडिमालिका नगरपालिका वडा नं.५ मना एमालेमय बन्दै गएको छ ।

    चुनावी घरदैलो अभियानका क्रममा मनामा गरिएको एमालेको कार्यकर्ता भेलामा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष पठानसिँह साउँद सहित १६ घरपरिवारका ६१ जना माओवादी केन्द्र र नेपाली काँग्रेस परित्याग गरि एमालेमा प्रबेश गरेका छन् । नवप्रबेशीहरूलाई नेकपा एमाले जिल्ला ईन्चार्ज तथा प्रदेश ख उम्मेद्वार लाला बहादुर थापाले पार्टीमा स्वागत गरेका हुन् ।

    नेकपा एमालेको चुनावी घरदैलोका क्रममा माओवादी केन्द्र वडाकमिटी अध्यक्ष पठानसिहँ साउद, वडा कमिटी स-सचिव कमल साउँद, माहिला वडा सदस्य उम्मेदवार बेलु साउँद सहीतका कार्यकताले एमालेमा प्रवेश गरेका हुन् ।

    Mana 1

    चुनावी प्रचार अभियानमा एमाले केन्द्रीय सदस्य तथा प्रदेश ख उम्मेदवार लाल बहादुर थापा, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा केन्द्रीय लेखा आयोग सदस्य बसुन्धरा रोकाया, प्रदेश समानुपातिक उम्मेद्वार काँसी बिक, सीता थापा, देवु खाती जंग बि.क लगायतको सहभगिता रहेको थियो ।

    गठबन्धनको अनैतिक रणनीति, ब्यवाहार र काँग्रेसले माओवादीलाई दिएको धोकाका करणले एमाले प्रबेश गरेको माओवादी वडा कमिटी अध्यक्ष पठानसिंह साउँदले बताएका छन् । उनले अब माओवादी र काँग्रेसमा आफ्ना कुनै सद्वान्त र एजेन्डा नभएकाले गठबन्धनको पछि लागिरहनुको कुनै अर्थ नरहेको पार्टी प्रवेश गर्नेक्रममा बतएका छन् ।

    Mana 1 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images