images
images
  • बुढीगंगामा एमालेकाे निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला

    बाजुरा-नेकपा एमाले बुढीगंगा नगर कमिटीले संघीय र प्रदेशको निर्वाचन केन्द्रित अगुवा कर्यकर्ता भेला सम्पन्न गरेको छ ।भेलामा पालिका भरिका नेता तथा कार्यकर्तालाई चुनावमा केन्द्रीत गर्न, उम्मेदवारहरुको प्रतिवद्धता, पार्टीको आन्तरिक रणनीति, प्रचार प्रसारलाई तिब्रता, युवा शक्ति परिचालन, लगायतका विषयमा छलफल तथा प्रशिक्षण दिन उक्त भेलाको आयोजना गरिएको हो ।

    भेलामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बुढीगंगामा एमालेको पक्षमा बहुमत ल्याउने गरी कार्यक्रर्ताहरुले रणनीति बनाएका छन् । बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमालेका स्थाई कमिटी सदस्य तथा प्रतिनिधि सभा उम्मेद्वार कर्ण बहादुर थापाको प्रमुख अतिथि रहेका थिए ।

    भेलामा एमाले केन्द्रीय सदस्य तथा प्रदेश ख उम्मेदवार लाल बहादुर थापा, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार दयाल बहादुर शाही ,केन्द्रीय लेखा आयोग सदस्य बसुन्धरा रोकाया, केन्द्रीय सदस्य प्रकाश शाह , केन्द्रीय सदस्य शहदेव बोगटी, एमाले जिल्ला कमिटी अध्यक्ष काली बहादुर शाही, प्रदेश कमिटी सचवालय सदस्य लालबहादुर ओली, जिल्ला कमिटी उपाध्यक्ष भरत बुढा, जिल्ला कमिटी सचिव भरत थापा, उपसचिव हरी रोकाया, प्रदेश ख समानुपातिक उम्मेद्वार कासी बि.क. अनेरास्ववियु केन्द्रीय कमिटी उपमहासचिव नरेश रोकाया, जिल्ला कमिटी सदस्य जनक बिष्ट लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

    नेकपा एमाले बुढीगंगा नगर कमिटीले फालासैनमा आयोजना गरेको संघीय र प्रदेशको निर्वाचन केन्द्रित अगुवा कार्यक्रता भेलामा पालिका भरीका एमालेमा आस्थावान कार्यकर्ता सहीतको बाक्लो सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images