बाजुरा-नेकपा एकिकृत समाजवादीका सक्रिय कार्यकर्ता मासे सनाई र नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता झुपे सनाईले नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार नेकपा एमालेका स्थायी कमिटी सदस्य एंव प्रतिनिधि सभा सदस्यका उम्मेदवार कर्णबहादुर थापासहितको टोलिले बडीमालिका नगरपालिका ९ मा गरेको घरदैलो अभियानका क्रममा समाजवादी पार्टीका मासे सनाई र नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता झुपे सनाईले एमालेमा प्रवेश गरेका हुन् ।
समाजवादीका मासे सनाई नेकपा एमाले विभाजनपछि नेकपा एस पार्टीमा सक्रिय कार्यकर्ता भएर लागेका थिए । त्यस्तै झुपे सनाई विगत देखि नै नेपाली काँग्रेसको सक्रिय कार्यकर्ता भई लागेका थिए । उनीहरुसंगै उनको सम्पूर्ण परिवार आजकै मितिदेखि एमालेमा प्रवेश गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्






















