बाजुरा- गौमुल गाउँपालिकामा ४ परिवारले नेपाली काँग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । काँग्रेस परित्याग गरेर एमालेमा प्रवेश गर्नेहरुमा गौमुल ४ का गोरे विक, भाने कामी, गेले कामी, र वडा नम्वर ३ का शुवास रोकाया रहेका छन् ।
नेकपा एमाले गौमुल गाउँ कमिटीले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर आयोजना गरेको कार्यकर्ता तथा प्रशिक्षण भेलामा उनीहरु ४ परिवारले काँग्रेस छाडेर एमालेमा प्रवेश गरेका हुन् ।
काँग्रेस छाडेर एमालेमा प्रवेश गरेका उनीहरुलाई कार्यकर्ता प्रशिक्षण भेलाका प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार कर्णबहादुर थापाले खादा, माला र अविर लगाएर पार्टीमा स्वागत गरेका हुन् । काँग्रेस छाडेर एमाले प्रवेश गरेका उनीहरु सवैले जनताको हितमा एमाले पार्टी रहेको भन्दै प्रवेश गरेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्






















