बाजुरा- गौमुल गाउँपालिकामा नेकपा एमालेको कार्यकर्ता तथा प्रशिक्षण भेला सम्पन्न भएकोे छ ।नेकपा एमाले गौमुल गाउँ कमिटीको आयोजनामा उक्त भेला पालिकाको केन्द्र घट्मुनामा सम्पन्न भएको हो ।
गौमुल गाउँ कमिटिले आयोजना गरेको कार्यकर्ता तथा प्रशिक्षण भेलामा आशन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई लक्ष्यमा पुगाउने गरी कार्यकर्तालाई प्रशिक्षण गरिएको हो ।
कार्यकर्ता तथा प्रशिक्षण भेलालाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार कर्णबहादुर थापाले एमालेको पक्षमा बहुमत ल्याउने गरि खटिन नेता कार्यकर्तालाई निर्देशन गरेका थिए ।
एमालेमा आवद्ध कार्यकर्ताहरुले गौमुलमा स्थानीय तहमा जस्तै बहुमत नेकपा एमालेको पक्षमा ल्याउने गरि पालिकाका सवै नेता कार्यकर्ता लागि रहेको जानकरी गराएका थिए । एमाले गौमुल गाउँकमिटी अध्यक्ष देवबहादुर रोकायाको अध्यक्षतामा आशन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरि आयोजना गरिएको कार्यकर्ता तथा प्रशिक्षण भेलाको प्रमुख अतिथी नेकपा एमाले स्थाई कमिटी सदस्य तथा प्रतिनिधि सभा उम्मेदवार कर्ण बहादुर थापा रहेका थिए ।
प्रशिक्षण भेलामा केन्द्रीय कमिटी सदस्य प्रकश शाह, शहदेब बोगटी, केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार दयाल बहादुुर शाही, प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल, एमाले जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाही, जिल्ला कमिटी सचिव भरत थापा, उप–सचिव हरी रोकाया, अनेरास्ववियु केन्द्रीय कमिटी उपमहासचिव नरेश रोकाया लगायत एमालेमा आवद्ध नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।






















