दोलखा-आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा दोलखा संघिय निर्वाचन क्षेत्रवाट राप्रपाको तर्फवाट उम्मेदवार बनेका विजय खड्काले आफ्नो प्रचार अभियानलाई तिब्र बनाएका छन् ।
उनले निर्वाचन घोषणापछि अधिकांश पालिकाकामा रहेका राप्रपा कार्यकर्ता ,शुभेच्छुक तथा स्थानीय जनताहरूसंग अन्तरक्रिया घरदैलो अभियानलाई निरन्तरता दिई रहेका छन् ।मतदानको राप्रपाप्रतिको सकारात्मक सोचले राप्रपाका उनी लगाएत प्रदेश क का उम्मेदवार रामवहादुर तामाङ र प्रदेश ख का उम्मेदवार राजनवहादुर शिवाकोटीपनि थप उत्साहित भएका छन् । खासगरी राप्रपामा राजेन्द्र लिङदेनको उदयपछि जनता राप्रपाका उम्मेदवारलाई स्पेस दिनुपर्ने मुडमा पुगेका छन्।
गृह क्षेत्र विगु गाँउपालिकाका संघिय सांसदको उम्मेदवार विजय खडका लामो समयदेखि राजनीतिमा क्रियाशील,निति सिद्धान्तमा अडिक नेताको रूपमा चिनिन्छन । राप्रपाका सहायक महामन्त्रीमा कार्यरत खडकाले राप्रपाको प्रवास विभाग प्रमुखको भुमिकामा रहँदा पार्टी संगठनलाई अधिकांश मुलुकहरूमा विस्तार गरेर आफ्नो संगठन कौसलताको परिचय बनाई सकेका छन् । दोलखामा कांग्रेस कम्युनिस्टको विकल्पमा भरपर्दो नेताको रूपमा विजय खडकाको उदयले ३२ वर्षदेखिको सिण्डिकेट तोडनुपर्छ भन्ने आम दोलखालीको वुझाईलाई थप बल दिएको छ।

दोलखाको राजनीतिमा खड्काहरूको सघन प्रभाव छ । काग्रेसवाट रूद्र खड्का,युधिष्टिर खड्का तथा माओवादीवाट देवी खड्का, विशाल खड्काले टिकट नपाउँदा अधिकांस खड्काहरूको मत राप्रपाले प्रभावित गर्ने आकलन गर्न सकिन्छ। राजनीतिमा ईमानदार छवि बनाएका ढालवहादुर खड्का, हेम गजाधर खड्का, जगदीश खड्का, सुन्दर खड्काको निरन्तरता र पछिल्लो पुस्ताका प्रतिनिधि पात्रको रूपमा उनलाई लिईन्छ । त्यस्तै राजनीतिका साथसाथै विकास निर्माण तथा समाजसेवामा पनि राप्रपा नेता खडका अव्वल मानिन्छन् ।
स्नातकोत्तरसम्म अध्ययन गरेका खडकाको उत्तरी भेगकै गौरव सिँगटिको भैरवेश्वर माहदेव मन्दिर निर्माणमा महत्त्वपूर्ण योगदान छ । त्यस्तै विधालय लगायतका भौतिक निर्माणमा तथा युवाहरूलाई रोजगारी तथा विदेशमा दुःख पाएका युवाहरूलाई मुलधारमा स्थापित गराउने अभियानमा पनि खडका जोडिएका छन् । विनाशकारी भुकम्पमा पनि उनले धेरै योगदान गरेका थिए । कोभिड महामारीविच अग्र पंक्तिमा रहेर त्यतिबेला भएको अक्सिजनको चरम अभावलाई हटाउन जिल्लाका प्रायः सवै स्वास्थ्य चौकिहरूमा उनी स्वयं उपस्थिति भएर अक्सिजन कन्सनट्रेटर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेका थिए ।
एक ईमान्दार व्यक्तिका छवि वनाएका खडका दोलखामा राजनीतिक नेतृत्वका भरपर्दो विकल्प हुन सक्ने आकलन आम दोलखाली वुद्धिजिविहरूले गरेका छन्।


विश्व खबर 




















