काठमाडौं– मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेश सभाकाे आज मनाेनयन दर्तासंग चुनाबी माहोलमा ह्वात्तै तातेकाे छ । त्यसपनि काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेल, गठबन्धनका तर्फबाट कांग्रेस नेता प्रदिप पाैडेल सामाजिक अभियानता हेमराज थापा देखि स्वतन्त्रबाट रञ्जु दर्शनाविच चुनावले राेचक बन्न पुगेकाे छ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले जनताको हितका लागि काम गरेकाले चुनाव जित्नेमा विश्वस्त रहेको बताए। वरिष्ठ उपाध्यक्ष पोखरेलले आइतबार दिउँसो टोखास्थित निर्वाचन कार्यालय पुगेर काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउँदै यस्तो बताएका हुन्।
यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित पोखरेलसँग योपटक सत्तागठबन्धनका तर्फबाट कांग्रेसका प्रदीप पौडेल प्रतिस्पर्धी छन्। सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता पोखरेलले नेकपा एमालेले गत ५ वर्षमा जनताको प्रतिष्ठामा आँच आउने कुनै काम नगरेको भन्दै जनतासँग पार्टीका विचार बोकेर जाने बताए।
‘जनताको हितमा हामीले यो ठाउँमा धेरै काम गरेका छौँ। धेरै समस्यालाई समाधान गर्ने कुरामा केन्द्रित भएर काम गर्दै आएका छौँ। गठबन्धन हामीले स्थानीय तहको निर्वाचनमा पनि देख्यौँ। नेकपा एमालेको राजनीतिक प्रतिष्ठा जनताको बीचमा जुन छ,’ उनले भने, ‘त्यो प्रतिष्ठामा आँच पुग्ने कुनै गतिविधि भएका छैनन्।
हामी हाम्रा विचार लिएर आएका छौँ। हामीले हिजोको भन्दा पनि थप हाम्रो अवस्थालाई सबल बनाएका छौँ। उहाँहरू मात्रै होइन, विभिन्न स्थानमा विभिन्न व्यक्तित्वहरू छुट्नुभएको छ, पार्टी नेतृत्वले सबै कुरा बुझ्छ।’
त्यस्तै सामाजिक अभियन्ताबाट उदाएका हेमराज थापा काठमाडौं निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवार स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्तापछि छोटो प्रतिक्रिया दिदै थापाले हामी जनताले नै मतदान गरेर जिताएपछि तिनै जनतालाई घृणा,दास र जनताको जीवनलाई नर्क बनाउने, जनताको भोटलाई खरिदबिक्रि गर्ने, जनतालाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने राक्षसी दिमाग भएका भ्रष्टहरुलाई अब जनताले भविष्य सुम्पिनु नहुने बताएका छन् ।
त्यस्तै, काठमाडौं क्षेत्र नम्बर ५ बाट नै सत्तारुढ गठबन्धनको उम्मेदवार बनेका कांग्रेसका नेता प्रदीप पौडेलले संघीय राजधानी, राजधानीजस्तो नभएकाले राजधानी बनाउन आफ्नो उम्मेदवारी रहेको बताए।
उनले मुलुकलाई स्थिरता र सुशासन दिनका लागि आफ्नो उम्मेदवारी भएको बताए। उनले सुशासन कायम गर्ने, भ्रष्टाचार शून्य गर्ने, नागरिकको विकासका लागि हामी काम गर्ने प्रतिबद्धतासमेत जनाए। नेता पौडेलले गठबन्धनका प्रतिनिधिलाई चुन्दा पछुताउनुपर्ने अवस्था नआउने दाबी गरे।
उनले भने, ‘यो राजधानीको केन्द्र हो, यहाँ हुने गतिविधिले देशलाई सन्देश प्रवाह गर्छ। यो मुलुकमा सुशासन कायम गर्नको निम्ति कतै खोट नदेखिने गरेर काम गर्नेछौँ। सुशासन कायम गर्ने, भ्रष्टाचार शून्य गर्ने, नागरिकको विकासका लागि हामी काम गर्नेछौँ। राजधानी राजधानी जसरी विकास हुन सकेको छैन। हामीलाई प्रतिनिधि बनाउँदा जनतालाई पछुताउनुपर्ने अवस्था आउनेछैन।’
नेता पौडेलले आफूसँग जितको आधार प्रशस्त रहेको बताए। काठमाडौं क्षेत्र नम्बर ५ बाट नै स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले पनि उम्मेदवारी दिएकी छिन्। त्यस्तै, कलाकार मधुसुदन पाठकले पनि स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएका छन्।


विश्व खबर 




















