images
images
  • उपाधि जित्ने नेपाल पाँचौ प्रयासपनि असफल, बंगलादेश छैटौँ महिला साफ च्याम्पियन

    काठमाडौं-साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नेपाल पाँचौ प्रयासमा पनि असफल भएको छ।साफ महिला फुटबलको फाइनलमा नेपाल र बंगलादेशसँग पराजित भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको हो ।

    सोमबार दशरथ रंगशालामा भएको छैटौं संस्करणको उपाधि भिडन्तमा बंगलादेशसँग ३(१ गोलले पराजित भएसँगै नेपाल फेरि उपविजेतामा सीमित बनेको हो।नेपाललाई हराएको बंगलादेशले भने साफ महिला च्याम्पियनसिपको पहिलो उपाधि जितेर इतिहास बनाएको छ।

    यसअघि पाँच संस्करणमा भारत च्याम्पियन बन्दा साफले छैटौं संस्करणमा नयाँ विजेताको रुपमा बंगलादेशलाई पाएको हो।यसअघि नेपाल सन् २०१०, २०१२, २०१४ र २०१९ को महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेर पनि उपाधि जित्न असफल भएको थियो। चार वटै फाइनलमा नेपाललाई भारतले हराएको थियो। नेपाल पाँचौ फाइनलमा भने बंगलादेशसँग पराजित भयो।

    सोमबार दशरथ रंगशालामा पहिलो उपाधि जित्ने क्रममा बंगलादेशले नेपालविरुद्ध पहिलो हाफमै २ गोल गरेको थियो। खेलको १७ मिनेटमा बंगलादेशले अग्रता लियो। बंगलादेशका लागि सब्सिच्युट खेलाडी शाम्शुनहारले डिबक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गरेकी थिइन्। ‍

    मोनिका चक्काले उपलब्ध गराएको सटिक क्रसलाई उनले दोस्रो पोल च्याम्प्दै जाली चुमाइन्। शाम्शुनहार खेलको ११ मिनेटमा जहान सोप्नाको स्थानमा मैदान प्रवेश गरेकी थिइन्।खेलको ३६ मिनेटमा नेपालले बराबरी गर्ने मौका गुमायो। अनिता बस्नेतले बक्सबाहिरबाट हानेको उत्कृष्ट फ्रिकिकलाई बंगलादेशकी गोलकिपर रूप्ना चम्काले पञ्च गर्दै बाहिर पठाइन्।४१ मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्‍यो। नेपाली डिफेन्डरहरूबीच समन्वय हुन नसकेको बललाई बंगलादेशकी कप्तान सविना खातुनले भेट्टाइन्।

    उनले श्रीमोती सरकारलाई पास दिइन्। जसमा सरकारले नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बासँगको वान भर्सेस वानको अवस्थामा गोल गरिन्। दोस्रो हाफमा नेपालकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ मैदान प्रवेश गरिन्। उनी अनिता केसीको स्थानमा छिरेकी थिइन्।

    दोस्रो हाफ सुरु भए लगत्तै नेपालले गोल गर्ने मौका पाएको थियो। कर्नर बलमा दीपा शाहीको हेडरले गोलपोस्टको दिशा लिन सकेन।५२ मिनेटमा नेपालले गोल गर्ने अर्को मौका गुमायो। अनिता बस्नेतले बक्स नजिकबाट दिएको क्रसमा रश्मि घिसिङको हेडर पोल नजिकबाट बाहिरियो। खेलको ७० मिनेटमा नेपालले गोल गर्‍यो।

    नेपालका लागि अनिता बस्नेतले अमिसा कार्कीले दिएको पासमा डिबक्सभित्रबाट दोस्रो बार च्यापेर उत्कृष्ट फिनिसिङ गरेपछि खेल २-१ को अवस्थामा आयो।७३ मिनेटमा कर्नर बलमा दीपा शाहीको हेडरले गोलपोस्ट पोस्ट दिशा लिन नसक्दा नेपालले बराबरी गर्ने मौका गुमाएको थियो। ७७ मिनेटमा बंगलादेशले तेस्रो गोल गर्‍यो। श्रीमोती सरकारले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरिन्। अन्तिम १३ मिनेट बाँकी छदा बंगलादेशले तेस्रो गोल गरेपछि दशरथ रंगशालामा उपस्थित १५ हजार ७ सय बढि नेपाली दर्शक निराश बनेका थिए।

    डेंगुको कारण अघिल्ला दुई खेल गुमाएकी सावित्राले पनि नेपाललाई उद्दार गर्न सकिनन् । अन्ततः नेपाल इतिहास रच्नबाट बञ्चित रह्यो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images