images
images
  • कांग्रेस पर्वतबाट प्रतिनिधि र प्रदेश सभा दुबैमा विप्लव सिफारिस

    पर्वत- आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेपाली कांग्रेसका युवा नेता विप्लव हमाललाई पर्वतको प्रतिनिधि सभा र प्रदेश सभा (क) बाट उम्मेदवारीका लागि पार्टीले सिफारिस गरेको छ ।

    हमाल पर्वत जिल्लामा एक सफल व्यवसायी मात्र नभएर सच्चा समाजसेवी पनि हुन् । देशभर युवाको माग भइरहेका बेला धार्मिक आस्थामा अटल विश्वास गर्ने हमाल पर्वतका युवाहरुबीच उत्तिकै लोकप्रिय नेता हुन् ।

    पर्वत उद्योग बाणिज्य संघका सल्लाहकार रहेर त्यहाँको उद्योग व्यावसायलाई उच्च तहमा लैजान प्रयासरत हमाल यस अघि नेपाल तरुण दलको केन्द्रीय निर्वाचन समितिमा सदस्यका रुपमा रहेर सकृयताका साथ आफ्नो भूमिका निर्वाह गरेका व्यक्ति हुन् ।रोटरी क्लब अफ पर्वतको पूर्व अध्यक्षको भूमिका निर्वाह गरेका युवा नेता हमाल परोपकारी र लोकप्रिय नेता हुन् ।

    नेपाली कांग्रेसको केन्द्रीय उद्योग तथा व्यापार विभागको सदस्य भइसकेका युवा नेता हमाल आफूले टिकट पाए सहजै विजय हुने बताउँछन् ।लामो समय देखि एउटै व्यक्तिलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएकोले मतदातामा निरासा छाएको यो बेला हमाल जस्ता इमान्दार र जुझारु नेतालाई पार्टीले टिकट दियो भने पर्वतका युवा कार्यकर्ताको सम्मान मात्र नभएर भावनाको समेत कदर हुने यहाँका युवाको भनाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images