काठमाडौं- बलात्कार आरोपित सन्दीप लामिछानेले आफू पूर्ण निर्दोश रहेको दावी गरेका छन् ।उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफू निर्दोश रहेको र मुलुकको कानूनको सम्मान गर्ने बताएका छन् ।
सामाजिक सन्जालमा लेख्दै सन्दीपले आफू स्तब्ध भएको र केही दिनमा सिपिएल छोडेर स्वदेश फर्कने बताए । “म स्तब्ध छु र राख्छु, नेपालको कानुनलाई पूर्ण विश्वास गर्दै सिपिएल छाडेर केही दिनमै नेपाल फर्कदै छु । म यो आधारहीन आरोपको सामना गर्न तयार छु । आशा छ कि कानुनले सबैलाई बराबर न्याय दिनेछ” सन्दीपले लेखेका छन् ।
उनले आफूले क्यारेवियन लिगबाट बिदा लिइसकेको र निराधार आरोपको समाना गर्न केही दिनमै नेपाल फर्किने उल्लेख गरेका छन् । कानुनले निर्दोष र सही छानबिन गर्ने पूर्ण आशा राख्ने अपेक्षासमेत राखेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेकै बेला उनलाई क्यारेवियन लिग खेल्न जानु अघि आफूलाई ललाइ फकाइ गरि बलात्कार गरेको भन्दै एक नाबालिगले प्रहरीमा उजुरी दिएकी छन् । हाल उनी क्याप्टेबाट निलम्बित भइसका छन् । प्रहरीले सन्दीपका लागि पक्राउ पूर्जीसमेत जारी गरिसकेको छ ।
गत भदौ ५ गते सन्दीपले १७ वर्षे किशोरी करणी गरेको नेपाल पुलिसमा उजुरी परेको थियो । यसपछी अदालतले बिहिवार मात्रै उनलाई पक्राउ पूर्जी आदेश दिएको छ ।


विश्व खबर 



















