images
images
  • साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत

    काठमाडौं– श्रीलंकामा जारी १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ। कोलम्बोको रेस कोर्स ग्राउण्डमा गएराति भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हराउँदै विजयी सुरुवात गरेको हो।

    नेपालको जितमा उनेश बुढाथोकी र सिमान्त थापाले एक एक गोल गरे। भुटानका जेत्सुन दोर्जीले एक गोल फर्काए। खेलको १३औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। सिमान्तले खेलको ५७औँ मिनेटमा गोल थपे।

    खेलको ६८औँ मिनेटमा भुटानका दोर्जीले एक गोल फर्काए। त्यसपछि भुटनाले गोल थप्न सकेन।जितसँगै नेपालले स्थान पक्का गरेको छ। लगातार दुई खेल हारेको भुटान प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि भुटान भारतसँग ३(० गोलले पराजित भएको थियो।

    समूह ‘बी’ मा रहेको नेपालले १ खेलमा ३ अंक जोडेको छ। नेपाल समूहको दोस्रो स्थानमा रहेको छ। अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेल शुक्रबार भारतसँग खेल्नेछ। भारत ३ अंक जोडेर शीर्ष स्थानमा छ।

    शुक्रबारको खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images