images
images
  • सन्दीपलाई जिम्मेवारीबाट हटाउने तयारी, क्यानको आकस्मिक बैठक बस्दै

    काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई कप्तानबाट हटाउने तयारी गरेको छ । बुधबार साँझ क्यानको आकस्मिक बैठक बसेर उनलाई निलम्बन गर्ने तयारी भइरहेको हो ।

    सन्दीपमाथि लागेको बलात्कारको आरोपसँगै उनको विषयमा निर्णय लिन बैठक बस्न लागेको एक पदाधिकारीले जनाएका छन् । सन्दीपका साथै अन्य एजेण्डामा पनि छलफल गरिने बताइएको छ ।

    अध्यक्ष चतुरबहादुर चन्द राजधानी बाहिर रहेकाले बेलुकासम्ममा काठमाडौं आउने र तत्काल बैठक बस्ने तयारी छ ।

    सन्दीपको विषयमा भने पद्धतिअनुसा अघि बढ्ने ती पदाधिकारीले बताए । सन्दीपमाथि आरोप मात्रै लागेको तर प्रमाणित भइनसकेकोले अनुसन्धानमा क्यानले पनि सघाउने जनाएको छ । यद्यपि सन्दीपलाई क्याप्टेबाट भने बैठकबाट हटाइने बताइएको छ ।

    सन्दीप क्यारेवियन लिग खेल्न हाल वेष्ट इन्डिजमा छन् । वेष्टे इन्डिज जानु एक दिन अघि आफूलाई विभिन्न प्रलोभन देखाई पिंगलास्थानको एक होटलमा लगेर सन्दीपले बलात्कार गरेको एक नाबालिगले आरोप लगाएकी छन् ।

    पीडित नाबालिगले मंगलबार नै प्रहरीमा उजुरी दिइसकेकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images