बाजुरा- प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले बाजुराले प्रत्यक्षमा ३ जनाको नाम सिफारिस गरेको छ । आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रत्यक्षमा एमाले स्थाई कमिटी सदस्य कर्ण थापासहित ३ जनाको नाम सिफारिस गरेको हो ।
२ दिन सम्म भएको छलफलले नटुगिंए पछि ३ जनाको नाम सिफारीस गरि पठाएको छ । आकांक्षी उम्मेदवारका नाम सिफारिस गर्न बसेको जिल्ला कमिटीको बैठकले बाजुराबाट संघमा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कणर्बहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाह र लोकेन्द्र शाहीलाई सिफारिस गरेको पार्टी सचिव भरत थापाले बताएका छन् ।
एकै दिन सक्ने भनिएको बैठक पहिलो दिन सहमतिका लागि समय दिन बैठक स्थगित गरिएको थियो। दोस्रो दिन पुन बैठक बस्नु अघि नेताहरु आन्तरिक छलफलमा व्यस्त देखिएका भए पनि सहमती हुन नसक्दा ३ जनाकै नाम केन्द्रमा पठाएको पार्टी सचिव थापाले बताएका छन ।
प्रतिनिधि सभाका लागि सिफारिस भएका ३ जना मध्ये स्थायी कमिटी सदस्य कणर्बहादुर थापा ०७० मा संविधान सभा सदस्य हुन् भने प्रकाश शाह ०७४ मा प्रदेश सभा (ख) बाट विजयी प्रदेश सांसाद हुन् । लोकेन्द्र शाही एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य हन् ।


विश्व खबर 




















