images
images
  • झापामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

    झापा– झापामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मोरङ पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २६ वर्षीय तिर्थराज गेलाललाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

    गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरी इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images