images
images
  • बागलुङका पूर्व उपप्रमुख खड्कासहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुख सुरेन्द्र खड्कासहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    उनीहरुले १७ लाख ४० हजार ६६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्यितारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

    अख्तियारले मुद्दा दायर गरेका अन्यमा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर कुँवर, तत्कालिन वडा अध्यक्ष जीवन आचार्य, तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालिन राजस्व शाखा सदस्य–सचिव काशिराम शर्मा रहेका छन् ।

    दायर गरिएको मुद्दामा प्रत्येकसँग ३४ लाख ८० हजार १३२ रुपैयाँ बिगो दाबी गरिएको छ ।

    बागलुङ नगरपालिकाले प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखी नदीजन्य पदार्थको कर संकलन गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

    अनुसन्धान हुँदा उनीहरुले ढुङ्गा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा बिक्री वितरण दर घटी निर्धारण गरेर सोही आधारमा राजस्व सङ्कलन गरी सरकारलाई हानीनोक्सानी पुर्याएको पाइएको अख्तियारले जनाएको छ । a

    प्रतिक्रिया दिनुहोस्
    images
    images