images
images
  • पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ फेरि लमजुङबाट प्रदेशमै सिफारिस

    पोखरा- नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । शनिबार सम्पन्न एमाले लमजुङको बैठकले गुरुङलाई लमजुङको प्रदेश क्षेत्र (ख) बाट प्रदेश सभाको उम्मेदवारमा सिफारिस गरेको हो ।

    ०७४ को निर्वाचनमा लमजुङबाट प्रदेश सभा ‘ख’ बाट चुनाव जितेर गण्डकी प्रदेशका मुख्यमन्त्री भएका थिए । गुरुङ पुनः प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् ।

    एमाले लमजुङका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी पनि गुरुङसँगै प्रदेश सभा सदस्यको उम्मेदवारका सिफारिस भएका छन् ।

    लमजुङको एकमात्र प्रतिनिधि सभामा संविधान सभा सदस्य जमिन्द्रमान घलेको नाम सिफारिस भएको छ । घलेले संघबाहेक अन्त चुनाव नलड्ने बताएपछि पृथ्वीसुब्बाको नाम प्रदेशकै सिफारिस भएको नेताहरू बताउँछन् ।

    घलेले २०७४ सालमा पनि संघकै टिकट मागेका थिए । तर एमाले र माओवादी एकताका कारण माओवादी नेता देव गुरुङले टिकट पाए । एमालेभित्र माधवकुमार नेपाल समूहसँग नजिक रहेका घले पार्टी विभाजनपछि एमालेमै बसेका थिए ।

    नेकपा एमाले लमजुङको शनिबार बेँसीसहरमा बसेको ५औँ पूर्ण बैठकले २५ जना उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको छ।

    प्रदेशसभा (क) तर्फ वर्तमान प्रदेशसभा सदस्य एवं नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, बेसीसहर नगर कमिटीका अध्यक्ष राजकुमार विष्ट र जिल्ला कमिटीका उपसचिव जितबहादुर गुरुङको नाम सिफारिस भएको छ ।

    लमजुङमा प्रतिनिधि सभामा एउटा मात्रै निर्वाचन क्षेत्र छ । प्रदेश सभातर्फ प्रेम बहादुर घले, मोहनहरी पौडेल, महेन्द्रलाल श्रेष्ठ, बम बहादुर थापा, फूलबहादुर थापा, नन्दराम विक, रञ्जित कुमाल, अमृत तामाङ, रामहरि दवाडी, गणेश पाण्डे, लक्ष्मी अधिकारी, यशोदा रिमाल, शान्ता भुजेल, लोका अधिकारी र राममाया थापा मगर सिफारिस भएका छन् ।

    एमाले लमजुङले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि संविधानसभा सदस्य जमीन्द्रमान घले र जिल्ला सचिव सुवास पौडेलको नाम सिफारिस गरेको छ ।

    यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ संविधानसभा सदस्य टुकाभद्र हमालसहित कल्पना थापा र प्रेम दुरा सिफारिसमा परेका छन् ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images