काठमाडौं– प्रभुु बैंकको कर्मचारी युनियनले बिजुलीबजारस्थित केन्द्रिय कार्यलय अगाडी गरेको आन्दोलन जारी छ । आफूमाथि भएको विभेदको अन्त्य गर्नुपर्ने भन्दै करिब दुुई हप्तादेखि उनीहरुको आन्दोलन जारी रहेको छ ।
“वार्ताको माध्यमबाट समाधान होला भन्ने आशा गरिरहेका थियौँ, उनीहरु भन्छन्, तर बैंकले कुनै प्रतिकृय दिएको छैन् ।”
बैंकका कर्मचारी युनियनको आन्दोलन दिनहूँ दिन बडदै गएको छ । करिब दुुई हप्तादेखि आन्दोलन गर्दा पनि बैंकले केही प्रतिकृया नदिएको कर्मचारीहरुको गुनासो छ । जबसम्म उनीहरुको माग पूरा हुदैन् तबसम्म आन्दोलन जारी हुने उनीहरुको भनाइ छ ।
“बैंकिङ सेवा भनेको अत्तीआवश्यक सेवा हो । ग्राहकको अधिकारलाई ध्यानमा राखी शान्ति कायम गरेर बसेका थियौँ, तर बैंकले हाम्रो मागलाई वेवास्था गरिरहेको छ”, उनीहरु भन्छन् ।
कर्मचारीले अझै पनि बैंकले वेवास्था गरेमा आन्दोलन बढ्दै जाने चेतावनी दिएका छन् ।
बैंकले गत श्रावन २७ गते एक हजार कर्मचारीको बढुवा गरेको थियो । बढुवा गर्ने क्रममा विभेदकारी पदोन्नती भएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।


विश्व खबर 



















