images
images
  • बाजुरामा गरियो खाद्य अधिकार ऐन कार्यन्वयन सम्बन्धी स्थानीय तहसँग अन्तरसंबाद

    बाजुरा- बाजुरामा खाद्यअधिकार ऐन कार्यन्यनमा स्थानीय तह र सरोकारवालाको भूमिका बिषयक अन्तरसंवाद भएको छ ।स्थानीय खाद्य अधिकार संजालकी सदस्य शर्मिला रोकायाको अध्यक्षता र बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक बोहराको आतिथ्यमा बुढीनन्दा नगरपालिकामा अन्तरसंवाद कार्यक्रम भएको हो ।

    कार्यक्रममा नगरप्रमुख जनक कुमार बोहरा, उपप्रमुख राम बहादुर बोहरा, प्रमुख प्रशासकीय अधिकृत, वडाका बडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु , बिषयगत शाखाका प्रमुखहरु, महिलाअधिकार मंचका अध्यक्ष लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरु सहभागी थिए ।

    खाद्यको अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको आधारको बारेमा जानकारी र कार्यन्वयनका लागि पहल गर्न स्थनीय तहलाई अनुरोध गरेको फियानकी कमचारी सविता थापाले बताएकी छन् ।
    कार्यक्रममा फियाँन नेपालको बृतचित्र प्रस्तुत सहित खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको अवधारणा र अन्तरसम्बन्ध, २०७५ को ऐन, सरकारको भूमिका, दायित्व, र खाद्य सुरक्षा तथा पोषण रणनीतिक योजनको बारेमा प्रस्तुत गरिएको थापाले जानकारी दिइन् ।

    यस्तै नगरप्रमुख  बोहराले खाद्य सुरक्षा ऐनको कार्यन्वयन गर्ने प्रतिबद्धता गरेका छन् । उनले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न र यहाँको रैथाने वाली जोगाउनको लागि नगरपालिकाको बजेटमा हेरालाहरुलाई ६०० दिने निर्णय गरेको बताए ।

    नगरप्रमुख  बोहराले भने,’खाना विनाको जीवन कल्पना गर्न सकिदैन जीवनभन्दा पहिला खाना आउछ । नेपालको संविधान २०७२ को धारा ३६ मा दिइएको र यससम्बन्धीत अन्य ऐन कानुनलाई कार्यन्वयन गर्ने प्रतिबद्धता छ । आगामी दिनहरुमा खाद्य समस्याहरुको ब्यस्थापनका लागि एकदमै संबेदनशील छौ । नगरपालिकाले समन्वयय गर्ने यहाँको कानुन निर्माण गर्ने, कायविधी बनाउने र यसको कार्यन्वन गर्न प्रतिबद्ध छ ।’

    नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृतले फियाँन नेपालले उठाएका करा जायज र सान्दर्भिक भएकाले यसका लागि स्थानीय तहले गर्नुपर्ने काम गर्ने बताएका छन् । उनले भने, रैथाने वालीको संरक्षण र प्रबद्र्धन गरेर खाद्य सुरक्षा पहल गर्नेछौ । यो अहिलेको समयलाई चाहिएको विषय पनि हो ।

    फियाँन नेपालले सन् २०१० देखि खाद्य अधिकार हननमा परेका समुदाय पहचिान गरी दस्तावेजीकरण गरी उनीहरुको सवालमा सम्वोधनका लागि सरोेकारवाल निकायसँग वकालत पैरवी गर्ने काम गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images